site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रमेश लेखकले प्रस्तुत गरे संसद्‌मा प्रश्न उठाइएपछि मन्त्रीले राजीनामा दिएका चार उदाहरण 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्‌मा प्रश्न उठाइएपछि मन्त्रीले राजीनामा दिएका चार उदाहरण प्रस्तुत गरेका छन् । जाहेरी परेकै आधारमा सदनमा प्रश्न गरिँदा मन्त्रीले राजीनामा दिनु नपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि उनले विगतका उदाहरण प्रस्तुत गरे ।

“प्रधानमन्त्रीजीले नेपाली कांग्रेस संसदीय अभ्यासको लामो अनुभव भएको बताउनुभयो । हामीलाई हाम्रो इतिहास स्मरण छ,” मंगलबार प्रतिनिधिसभा बैठकमा लेखकले भने, “यसैगरी मन्त्रीका विषयमा यो सदनमा विगतमा पनि प्रश्न उठेको छ । डा. रामशरण महतको विदेशी बैँकमा खाता छ, राजीनामा दिनुपर्छ भनेर संसद्‌मा आवाज उठ्यो, उहाँले राजीनामा दिनुभयो । शेरबहादुर तामाङको बोलीका विषयमा प्रश्न उठ्यो, उहाँले राजीनामा दिनुभएको छ ।  गोकुल बाँस्कोटा यही हुनुहुन्छ, उहाँको विषयमा प्रश्न उठेपछि राजीनामा दिनुभएको छ ।”

प्रश्न उठाइएकै कारण पछिल्लोपटक जनार्दन शर्माले राजीनामा दिएको उनले उल्लेख गरे । विगतमा अरू मन्त्रीका विषयमा पनि प्रश्न उठाइएपछि संसदीय छानबिन समिति गठन गरिएको उनले बताए । अहिले प्रधानमन्त्रीको दाबीका कारण पनि छानबिन समिति आवश्यक भएकामा उनले जोड दिए ।

“भरतमोहन अधिकारीले बजेट ल्याउँदा कतिपय विषय बाहिरिएको भनेर संसदीय छानबिन समिति बनेको छ । विष्णु पौडेलको बजेटको सूचनाका विषयमा पनि प्रश्न उठेपछि संसदीय छानबिन समिति गठन गरिएको छ,” लेखकले भने ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro