site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
आठ महिनामा १६ अर्बका ६ हजार ४९७ ईभी आयात
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा ६ हजार ४९७ वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् ।

गत वर्षको यसै अवधिमा दुई हजार २०४ वटा विद्युतीय जीप, कार तथा भ्यान आयात भएका थिए ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन महिनासम्म १५ अर्ब ९४ करोड १७ लाख ३५ हजार रुपैयाँका ईभी नेपाल भित्रिएका हुन् । यसबाट सरकारले सात अर्ब दुई करोड ५३ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस अवधिमा सबैभन्दा बढी ५० देखि एकसय किलोवाट क्षमताका तीन हजार ५९४ विद्युतीय जीप, कार तथा भ्यान आयात भएका छन् ।

यस्तै, शून्यदेखि ५० किलोवाट क्षमताका दुई हजार ७४६ विद्युतीय गाडी आयात भएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro