site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध विद्यार्थीले मंगलबार सिंहदरबारबाहिर प्रदर्शन गरेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाइएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले सिंहदरबारबाहिरको पर्खालमा ‘सहकारीपीडितलाई न्याय खै ?’, ‘नैतिकता खोइ ?’, ‘अर्थमन्त्री सुनमन्त्री’ लगायत नारा लेखिएका पोस्टर टाँसेका थिए ।

पोस्टर टाँसेपछि प्रहरीले हस्तक्षेप गरी केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । उनीहरूले ‘गृहमन्त्री राजीनामा दे’, ‘सहकारीपीडितलाई न्याय दे’, लगायत नारा लगाएका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेविरुद्ध नेपाली कांग्रेसले सदनमा र भातृसंगठनले सडकमा विरोध गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro