site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम भाेलि सार्वजनिक गरिने

काठमाडौं । सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने भएको छ । मंगलबार बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।

यसअघि गएको शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटार पुगेर गठबन्धनका शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको थियो ।

सत्तामा सहभागी पाँच दलबाट दुई/दुई नेता कार्यदलमा थिए । जसमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल थिए ।

नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा रहेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल थिए ।

जनता समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन थिए । नेकपा (एकीकृत समाजवादी)बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल थिए ।

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro