site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षा समितिको सभापति छान्न बुधबार निर्वाचन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको रिक्त सभापति चयनका निम्ति निर्वाचन गरिने भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा रानामगरले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम १ बमोजिम आउँदो बुधबार निर्वाचन गर्ने गरी मिति तोकिएको जानकारी दिइन् ।

निर्वाचन कार्यक्रमानुसार, मंगलबार (भोलि) समितिको कुनै सदस्यलाई सभापति निर्वाचित गरियोस् भनी प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

मंगलबारै उमेदवारको सूची सार्वजनिक गरिनेछ । आउँदो बुधबार दिउँसो ३ बजे बस्ने समिति बैठकमा सभापतिको निर्वाचन गरिने कार्यतालिका छ ।

सो पदमा यसअघि नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशी आसीन थिए । उनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेपछि सभापति पद रिक्त छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro