site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमत पार्टीले युवा दस्ता गठन गर्ने, कोसीको आन्दोलनको नेतृत्व गर्ने

काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि युवा दस्ता गठन गर्ने निर्णय गरेको छ । शनिबार र आइतबार पर्साको वीरगन्जमा पार्टी अध्यक्ष सीके राउतको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले कोसीमा चलिरहेको पहिचान आन्दोलनको नेतृत्व गर्ने पनि निर्णय गरेको छ ।

यस्तै, बैठकले मधेस–थरुहट आन्दोलनको मर्मबमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन पनि नेतृत्व गर्ने निर्णय गरेको छ ।

प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानन चाँडै निर्माण गराउन पहल गर्ने निर्णय जनमतले गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro