site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे असार ३१ भित्र सरकारबाट बाहिरिन्छौँ : राजेन्द्र पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले गरेका प्रतिबद्धता पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे आगामी असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।

"मैले स्पस्टै भनेको छु, तपाईंले बोलेको कुराहरू पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ । तपाईं बिदा हुनुहुन्छ । भोट हाल्दैनौँ भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ," उनले भने ।

उनले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन सुझाव दिए ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro