site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
साना पार्टीको महत्त्व बुझाउन रञ्जीताले दिइन् आफैँ आठ कक्षामा फेल भएको उदाहरण 

काठमाडौं । नागरिक उनमुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले साना राजनीतिक दलहरूको महत्त्व बुझाउन आफू आठ कक्षामा फेल भएको उदाहरण दिएकी छन् । उनले ठूला राजनीतिक दलहरूले कम महत्त्व दिए पनि साना दल नागरिकको भरोसा भएको बताइन् । 

“माननीय राजेन्द्र लिङ्देनले बोल्दा पटक पटक दाहोर्‍याउनुभयो साना दल भनेर,” श्रेष्ठले भनिन्, “म आठ कक्षाको परीक्षा सम्झँदैछु । लामा प्रश्नको उत्तर मात्र लेखेर फर्किएकी म रिजल्ट आउँदा त फेल भएछु ।”

उनले साना दलको महत्त्वलाई कमजोर नठान्न आग्रह गर्दै साना दल जनताका वास्तविक प्रतिनिधि भएको बताइन् । उनले नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय सुनाएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro