site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्छ : राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले चुनावअघि गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्ति वा निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए ।

“निर्वाचनमा गठबन्धन गर्नु कति घातक छ भने छातीमा छर्रा भएका मान्छेले बर्जुवालाई नै भोट हाल भन्नु र जसको घरमा नै हत्या भएको छ,” राउतले भने, “हत्या गर्नेलाई नै भोट माग्नु कति घातक छ भन्ने देखारहेको छ । कि निर्वाचनमा गठबन्धन रोक्न सक्ने ऐन कानुन ल्याउन सक्नुपर्‍यो । कि व्यवस्था नै परिवर्तन गर्न सक्नुपर्‍यो ।” 

उनले जनताको विश्वासको मत कहिले कता कहिले कता हाल्नुपरेको गुनासो गरे । जनताले नै प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro