site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारमा जानेबारे नागरिक उन्मुक्तिमा विवाद, तत्काल जान नहुने बहुमत सदस्यको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । सरकारमा सहभागी हुने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ । मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

तर, केन्द्रीय समितिका संस्थापक केन्द्रीय सदस्यहरूको दुई तिहाइको बहुमतले केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने निर्णय गरेको छ ।

उनीहरूले प्रदेश सरकारको हकमा वार्ता समितिमार्फत विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद गर्ने निर्णय गरेका छन् ।

पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलकी नेता रञ्जिता चौधरीले भने पुष्पकमल दाहाल 'प्रचण्ड'को पक्षमा मतदान गर्न सांसदहरूलाई 'ह्विप' जारी गरेको बताएकी छन् ।

“आज बसेको बैठकबाट पक्षमा मतदान गर्न ह्विप जारी गरेको छु,” उनले बाह्रखरीसँग भनिन् ।

नागरिक उन्मुक्ति पार्टी नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी छ । उनले केन्दसँगको समीकरण अनुसार नै प्रदेशमा पनि अघि बढिने बताइन् ।

“प्रदेशका सन्दर्भमा त्यस्तो विवाद छैन । केन्द्रको समीकरण अनुसार तल पनि हामी मिलेर जान्छौँ,” उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro