site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिको 'ह्विप'
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलकी नेता रञ्जिता चौधरीले सांसदलाई ह्विप जारी गरेको जानकारी दिइन् ।

“आज बसेको बैठकबाट पक्षमा मतदान गर्न ह्विप जारी गरेको छु,” उनले बाह्रखरीसँग भनिन् । नागरिक उन्मुक्ति पार्टी नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी छ । उनले केन्दसँगको समीकरण अनुसार नै प्रदेशमा पनि अघि बढिने बताइन् ।

“प्रदेशका सन्दर्भमा त्यस्तो विवाद छैन । केन्द्रको समीकरण अनुसार तल पनि हामी मिलेर जान्छौँ,” उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro