site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिमा नैतिकता र संस्कार हराउँदै गयो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नैतिकता र संस्कार हराउँदै गएकाले राजनीतिक क्षेत्रमा विकृति र विसंगति बढेको बताएका छन् ।

मंगलबार विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४औँ स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसमाथि कपोकल्पित आरोप लगाउँदै गठबन्धन भत्काएको आरोप लगाए ।

उनले नैतिकताबिनाको राजनीतिको अर्थ नहुने भएकाले यस्तो राजनीति नगर्न नेताहरूलाई आग्रह गरे । कांग्रेसको दस्तावेजमा माओवादीले भनेको कुरा राख्न नसकिने उनको भनाइ छ ।

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै कोइरालाले अब संविधानमा रहेको निर्वाचन प्रणालीको प्रावधान संशोधन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सामाजिक क्षेत्रमा विशेष योगदान पु‍एका दिनबन्धु गोयललाई १५ हजार र राजनैतिक क्षेत्रमा योगदान पुर्‍याएका पिताम्बर दाहाललाई २१ हजार नगदसहित सम्मान प्रदान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro