site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा अध्यक्षबारे नयाँ गठबन्धनमा आबद्ध सबै दल सहमत : सञ्चारमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा अध्यक्षबारे सत्ता गठबन्धनमा आबद्ध सबै दल सहमत रहेको बताएकी छन् । सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले सहमतिका आधारमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उमेदवारी दिइएको बताइन् ।

“माओवादी केन्द्रले उमेदवार अघि सारेको छ । अहिलेको नयाँ सहकार्यमा आबद्ध सबै दलमा सहमत छ,” उनले भनिन् ।

सरकारका प्रवक्ता समेत रहेकी शर्माले निरन्तर आन्दोलनमा लागेका व्यक्तिलाई नातावाद भन्नु उचित नहुने बताइन् । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभा अध्यक्ष पदका निम्ति उमेदवारी दिएका नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्ने व्यक्ति हुन् । 

“उहाँ दाहाल पनि हो, टाढाको नाता पर्ने भाइ पनि हो । पार्टीको नेता पनि हो । निरन्तर आन्दोलनमा भएको व्यक्तिप्रति नातासम्बन्ध पर्‍यो भन्ने कुरामा चर्चा गर्नु उपयुक्त हुँदैन,” उनले भनिन् ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro