site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको साझा न्यूनतम कार्यक्रम तयार गर्ने जिम्मा यी नेतालाई 
फाइल तस्बिर ।

काठमाडौं । सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्ने जिम्मेवारी १० नेताले पाएका छन् । सत्तामा सहभागी पाँच दलबाट दुई/दुई नेतालाई कार्यदलमा सहभागी गराइएको छ । 

जसमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् । नेकपा (माओेवादी केन्द्र)बाट उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा रहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल रहेका छन् । जनता समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन रहेका छन् । नेकपा (एकीकृत समाजवादी) बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् । 

जसपाका नेता श्रेष्ठले साझा न्यूनतम कार्यक्रममा सहमति भएका आठ बुँदे विषयहरूलाई समावेश गरिने बताए । “पहिलेजस्तो लामो हुँदैन । यो पटक छोटो बनाउने कुरा भएको छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro