site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले सुशासन, समृद्धिको अभियानलाई दृढतापूर्वक अघि बढाउँछ : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताएका छन् । शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् ।

सरकारको सो अभियान पूरा गर्ने गरी पार्टीका तर्फबाट मन्त्री चयन गरिएको उनले बैठकमा बताएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार, सरकारले अघि बढाएका राम्रा कामको सन्देश जनतामा पुर्‍याउन पनि प्रधानमन्त्री प्रचण्डले पार्टीका सांसदहरूलाई निर्देशन दिएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूले सुशासन र समृद्धिका क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरेको माओवादी संसदीय दलको कार्यालयले जनाएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro