site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नयाँ गठबन्धन बनाउन महत्त्वपूर्ण भूमिका खेल्यौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन निर्माणमा मुख्य भूमिका खेलेको सो पार्टीका सांसदले जिकिर गरेका छन् । नयाँ सत्ता गठबन्धन बनेपछिको पहिलो संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गठबन्धन निर्माणमा आफूहरूले मुख्य भूमिका खेलेको बताए ।

“आज ऐतिहासिक क्षण हो, सभामुख महोदय । यहाँलाई स्मरण गराऊँ रास्वपा सदनमा आइरहँदा, पहिलोपटक विचार राखिरहँदा मैले भन्को थिएँ– हामी दुईचारजना व्यक्ति मात्र संसद्मा आएका छैनौँ । आजको समयको पेचिलो मुद्दाहरूलाई बुझेर समाज रूपान्तरणको विचारसहित हस्तेक्षप गर्न आएका छौँ भनेको थिएँ,” परियारले भने, “बिग्रेको राजनीतिक परिस्थितिलाई हामीले हस्ताक्षेप गरेका छौँ र र हाम्रा श्रद्धेय सभापतिको नेतृत्वमा नयाँ गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छौँ ।”
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro