site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद्‌मा अनुभवी सामेल : किराती

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिलेको जटिल परिस्थितिमा प्रधानमन्त्रीले अनुभवीलाई मन्त्रिपरिषद्‌मा सामेल गरेको बताएका छन् ।

बिहीबार संघीय संसद् भवनमा ‘पुराना मन्त्री दोहोरिँदा तपाईं पर्नु भएन नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिले मुलुकमा जटिल अवस्था रहेको र संकटमोचनका निम्ति अनुभवी मन्त्री आवश्यक परेकाले आफू नयाँ टिममा पर्न नसकेको बताएका हुन् ।

उनले राजनीतिमा चित्त बुझाउनुपर्ने बताए । चित्त नबुझाउनेले राजनीति गर्न नसक्ने उनको भनाइ छ । किरातीले आफू मन्त्रालयमा रहँदा धेरै काम गरेको जिकिर गरे ।

प्रधानमन्त्रीले सहज रूपमा सदनबाट विश्वासको मत पाउने उनले बताए । आफूले देशको सेवामा ध्यान केन्द्रित गर्ने उनले उल्लेख गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro