site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलक्षित बाबुरामको टिप्पणी : व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट छ
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरूबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ति गर्नेहरूबाटै अहिले गणतन्त्रात्मक शासनलाई सक्ने काम भइरहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रूपमा चित्रण गर्दै उनले प्रधानमन्त्री प्रचण्डले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाए । 

“अहिले सरकार बच्चाको खेल जस्तो गरेर बनाउने, गिराउने काम भइरहेको छ, कांग्रेस, कम्युनिष्ट, माओवादीहरू सबैको एउटै धर्म भनेको भ्रष्टाचार गर्नु हो,” उनले भने ।  

उनले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता कायम भइरहेको जिकिर गरे । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro