site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले प्रचण्डलाई दुस्मन भनिरहन पर्दैन, स्थापित हुने मौका छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बढी विश्वास गर्दा अहिलेको अवस्था सिर्जना भएको बताएका छन् ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेता केसीले अहिलेको अवस्थालाई कांग्रेसले आफ्नै पहिचान र शक्ति लिएर जनताको बीचमा स्थापित हुने मौकाको रूपमा लिनुपर्ने बताए । 

“हरेक बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तो यो अघोषित र नदेखिने बरदानको रूपमा आएको छ,” उनले भने ।

प्रचण्डले धोका दिए भन्दैमा उनलाई दुस्मन ठान्न नहुनेको नेता केसीको भनाइ छ । उनले माओवादीलाई प्रतिस्पर्धीको रूपमा लिने भन्दै अहिलेको कमजोरीमा करेक्सन गर्दै जानुपर्ने बताए ।

अब कांग्रेस रचनात्मक प्रपितक्षमा रूपमा सदन र सडकमा प्रस्तुत हुने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro