site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एलन मस्कविरुद्ध ट्विटरका पूर्वसीईओले दायर गरे मुद्दा

काठमाडौं । ट्विटर (हालको एक्स)का मालिक एलन मस्कविरुद्ध पूर्वसीईओ पराग अग्रवालसहित चार पूर्वकार्यकारीले मुद्दा दायर गरेका छन् । कम्पनीले १२ करोड ८० लाख अमेरिकी डलर आफूहरूलाई तिर्न बाँकी रहेको भन्दै उनीहरूले सोमबार सान फ्रान्सिस्कोको अदालतमा मुद्दा दायर गरेका हुन् ।

मस्कले एक्स खरिद गरेसँगै कम्पनीका तत्कालीन सीईओ अग्रवाल, सीएफओ नेड सेगल, वकिल सीन एजेट र विजया गड्डेलाई बर्खास्त गरिएको थियो । खरिदअघि मस्कले ४४ अर्ब अमेरिकी डलरमा सो कम्पनी किन्ने भन्दै ट्विटरमा पोस्ट गरेका थिए । कम्पनीका विभिन्न कमजोरी थाहा पाएपछि मस्क पछाडि हटेका थिए ।

तर, उनलाई कम्पनी किन्न बाध्य पार्ने किसिमले यी चार कार्यकारीले कथित रूपमा कडा परिश्रम गरेका थिए ।

मस्कले ट्विटरका हरेक कार्यकारीलाई मर्ने बेलासम्म ‘हन्ट’गर्ने भनेर लेखिएको उनको बायोग्राफीको विषय समेत आरोपपत्रमा उल्लेख छ ।

तलबभत्ता नपाएको भन्दै मस्कविरुद्ध ट्विटरका अरू पूर्वकर्मचारीहरूले पनि मुद्दा हालेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro