site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

गठबन्धन बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्ने तयारी गरेका छन् । उनीहरूलाई समेत गठबन्धनमा सामेल गर्न सबै सकारात्मक भएका कारण छलफल गर्ने तयारी गरिएको गठबन्धनका एक नेताले जानकारी दिए ।

पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई हटाई चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।

सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल विनाविभागीय मन्त्री बनेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro