site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनमा आठ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष पनि माओवादीलाई

काठमाडौं । सत्ता गठबन्धनबीच आठ बुँदे सहमति भएको छ । बालुवाटार बैठकमा नेताहरूबीच विभिन्न आठ बुँदामा सहमति भएको हो ।

सहमतिअनुसार सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्नेछन् ।

रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उमेदवार र उपाध्यक्षमा नेकपा (एमाले) का उमेदवार समर्थन गर्ने सहमति भएको छ ।

यसैगरी सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने भएको छ । बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ ।

दलहरूबीच सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति भएको छ ।

यस्तै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति भएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro