site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रीहरूलाई बिदाई भेट समेत नगरी पठाए प्रधानमन्त्रीले 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फेरेर एमालेको समर्थनमा सरकार बनाएसँगै पुराना मन्त्रीहरूलाई बिदा दिएका छन् ।

आफ्ना पार्टी (माओवादी)बाट बनेकासहित २४ जना मन्त्रीहरूलाई बिदा दिएर प्रचण्डले मन्त्रीहरूलाई बिदाई भेटका लागि समेत नबोलाएको उनको मन्त्रिपरिषदमा सदस्य भएर काम गरेका एक मन्त्रीले बाह्रखरीलाई जानकारी दिए । 

“प्रधानमन्त्रीले मन्त्रीहरूलाई बिदाई दिनेगरी कुनै कार्यक्रम राखेको फोटो खिचाएको मैले थाहा पाइन,” बिहानसम्म मन्त्रीमा बहाल रहेका उनले भने, “उहाँले निकटहरूलाई छुट्टै बोलाउनुभएको भए मलाई थाहा नभएको हुनसक्छ ।” 

बिहानसम्म बहाल रहेका मन्त्रीहरू धमाधम क्वाटर छाड्ने काममा लागि रहेका छन् । उनीहरूले दिउँसोदेखि नै सामान घरमा सार्ने मिलाउनेसहितका काम गरिरहेका छन् । 

“एकदुई दिन समय त पाइन्थ्यो तर, मन्त्री पदमै नभएपछि सरकारी क्वाटरमा बसिरहन मन लाग्दो रहेनछ,” उनले भने, “त्यसैले भएको धेरैजसो सामान सारिसकेको छु । म घरै गएर बस्छु, यहाँ केही बसेर भोलि बुरबुझारथ गर्छु ।” उनले अन्य मन्त्रीहरूको पनि धमाधम सर्ने काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro