site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ : प्रचण्ड 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा नयाँ राजनीतिक उथपपुथल भएको बताएका छन् ।

सोमबार काठमाडौंमा शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा उनले माओवादी ‘जमेको पोखरी’जस्तो हुन नसक्ने बताए ।

“फेरि नयाँ राजनीतिक परिस्थति सिर्जना...। कमरेड विप्लव सी (नेत्रविक्रम चन्द्र ‘विप्लव’)ले भन्याजस्तै फेरि एउटा नयाँ उथपपुथल भएको दिन पनि बन्यो । साँचो कु्रा हो, माओवादी सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरीजसरी बस्ने होइन । गडगडाउँदो नदीजस्तो बग्ने नदी हो,” प्रचण्डले भने ।

उनले माओवादी निरन्तरतामा क्रमभंग गर्दै अघि बढ्ने ‘जात’ भएको बताए । “आज निरन्तरतामा क्रमभंगता भएको छ,” उनले भने, “साथीहरूले कुरा नबुझेको देखेर हैरान हुन्छु । हामी माओवादीहरू नेपाल राष्ट्र र जनताको घोडा हो, अरू कसैको घोडा होइन ।”

प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताए । “म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ,” प्रधानमन्त्रीले भने, “मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए, प्रतिक्रियावादीबाट । घेरा तोड्दै आएका छौँ । तोड्दै जान्छौँ ।”

उनले माओवादी, क्रान्तिकारी एक ठाउँमा हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro