site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारमा जाने/नजाने साँझ निर्णय गर्दै नागरिक उन्मुक्ति पार्टी 

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ सत्ता गठबन्धनप्रति आफू सकारात्मक भएको बताएका छन् । सोमबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनमा सहभागी हुने अथवा नहुने निर्णय आज साँझ बस्ने पार्टी बैठकले गर्ने बताए । 

“सुदूरपश्चिम प्रदेशमा हामी निर्णायक छौँ । यसकारणले गठबन्धनमा हाम्रो महत्व रहन्छ । गठबन्धनमा जोडिने कि नजोडिने सम्बन्धमा हामीले संघ र प्रदेशका सांसदहरुको बैठक बोलाएका छौँ,” उनले भने । 

अनामनगरमा बस्ने बैठकले गर्ने निर्णयको आधारमा अघि बढिने उनले जानकारी दिए । 

“हामी सत्ता गठबन्धनप्रति सकारात्मक छौँ । विगतमा धोका खाएका छौँ । हाम्रा माग मुद्दा मनाएर अघि बढ्छौँ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro