site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘सानो आकारको मन्त्रिपरिषद् आजै गठन’
फाइल तस्बिर ।

काठमाडौं । नयाँ सत्तासमीकरणअनुसार आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरिने नेताहरूले बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नयाँ सरकार बनाउन लागिएको नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)लगायत दल सम्मिलित सरकार बनाउन लागिएको उनले जानकारी दिए । एमालेका प्रमुख सचेतक पदम गिरी आजै सरकारमा सहभागी हुने उनले बताए ।

“आज नयाँ सरकार बन्छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा मिलेर सरकार बन्छ आज,” उपाध्यक्ष पाण्डेले बाह्रखरीसित भने, “आज साँझ सानो आकारमा मन्त्रिपरिषद् गठन हुन्छ । प्रधानमन्त्री उहाँ (प्रचण्ड) नै हो । एमालेबाट पदम गिरी जानुहुन्छ ।”

वर्तमान सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणअनुसार सरकारको नेतृत्व गर्न लागेका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro