site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपेन्द्र यादव आफैँ सरकारमा सहभागी हुने तयारी
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने तयारीमा छन् । नयाँ समीकरणअनुसार गठन हुने सरकारमा उनी सहभागी हुन लागेका हुन् ।

नयाँ समीकरणअनुसार बनाइने सरकारमा जसपाले तीन मन्त्रालयमा दाबी गरेको सो पार्टीका एक सांसदले जानकारी दिए ।

नयाँ गठबन्धन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न अहिले जसपा कार्यकारिणी समितिको बैठक जारी छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro