site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभामा निर्वाचित १९ सदस्यको शपथग्रहण आज 

काठमाडौं । राष्ट्रियसभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् ।  

शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ । 

गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए । एकजना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । 

शपथग्रहणपछि नवनिर्वाचित सदस्यहरू आजको राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् । राष्ट्रियसभाको बैठक दिउँसो १ : १७ बजेका लागि बोलाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro