site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धन आफैँभित्रका समस्या र अन्तरविरोधले टुट्छ : पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँभित्रका समस्या र अन्तरविरोधले टुट्ने जिकिर गरेका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

गठबन्धनभित्रका ‘तमासा’ आफूहरूले देखिरहेको उनको टिप्पणी छ । सत्ता गठबन्धनका कारण मुलुक चौतर्फी संकटतर्फ गइरहेको उनले जिकिर गरे । शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको उनको भनाइ छ ।

उनले समाजको अग्रगतिका निम्ति अहिलेको गठबन्धन प्रमुख बाधक भएको आरोप लगाए । वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित नभएको उनले उल्लेख गरे । सो गठबन्धन स्वार्थ, लेनदेनमा आधारित रहेकाले लामो समयसम्म नचल्ने उनको ठहर छ ।

“गठबन्धनभित्रका तमासाहरू हामी देखिरहेका छौँ । त्यो कुन रूपमा विकसित हुन्छ, हेरिरहेका छौँ । हामी त्यति रुचि र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौँ,” उनले भने, “यो गठबन्धन आफैँभित्रका समस्याहरूले, अन्तरविरोधले चर्मराइरहेको छ । कुनै पनि बेला टुट्न, फुट्न सक्छ । मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ देखिरहेको छ ।”

उनले थपे, “...यो कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन होइन । यो स्वार्थ, लेनदेनमा आधारित छ, लामो समयसम्म चल्न सक्दैन । देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि यसप्रकारका गठबन्धन टुट्नुपर्छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro