site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ओपनएआईले मानवताका लागि काम नगरेको भन्दै मस्कले हाले मुद्दा

काठमाडौं । विश्वकै धनाढ्य एलन मस्कले च्याटजीपीटी निर्माता ओपनएआई र यसका सीईओ साम अल्टम्यानविरुद्ध मुद्दा हालेका छन् ।

ओपनएआईका संस्थापक बोर्ड सदस्य समेत रहेका मस्कले अल्टम्यानले मानवताको फाइदाका लागि नभएर नाफाका लागि काम गरेको भन्दै मुद्दा हालेका हुन् ।

ओपनएआईले माइक्रोसफ्टसँग लगानी सम्झौतामा हस्ताक्षर गरेपछि त्यसकै फाइदाका लागि काम थालेको र संस्थाको वास्तविक उद्देश्यमाथि छलफल गरेको आरोप मस्कको छ ।

सान फ्रान्सिस्कोमा बिहीबार दायर गरिएको मुद्दामा ओपनएआईले अब कृत्रिम सामान्य बुद्धिमत्ता (एजीआई) विकास गरिरहेको उल्लेख छ । यो किसिमको एआईले मानिसले भन्दा उच्चस्तरको काम गर्नसक्छ । एजीआई मानवताको लागि गम्भीर खतरा भएको समेत मस्कले दायर गरेको मुद्दामा उल्लेख छ ।

एलन मस्क, साम अल्टम्यान लगायतले सन् २०१५ मा ओपनएआईको स्थापना गरेका थिए । सन् २०२२ को अन्त्यतिर च्याटजीपीटी एआई टुल सार्वजनिक गरेपछि यसले एआईका क्षेत्रमा नयाँ उचाई पाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro