site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन् : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले सीमित घराना र उद्योगीहरूलाई फाइदा पुगोस् भन्ने हिसाबले प्रतिस्थापन विधेयक ल्याउनु नहुने बताए । समितिले निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने समितिमा भएको छलफलको औचित्य नहुने जिकिर गरे ।

उनले भने, "नेपालमा के आधारमा अन्तःशुल्क कर, सबैले बुझेकै छौँ । सीमित घराना र उद्योगीहरूलाई फाइदा पुगोस् भन्ने हिसाबले प्रतिस्थापन विधेयक आएको छ । त्योमार्फत बन्द भएका स्टिल उद्योगहरूले यहाँ निवेदन दिइसकेका छन् । यो उद्योगलाई कसरी अघि बढाउन सकिन्छ ? कसरी गुणस्तरीय सामग्री दिनुपर्छ भन्नेबारेमा छलफल हुनुपर्छ । निर्देशन दिने र सम्बोधन गरेर अघि बढ्ने दिशामा हामी जानुपर्छ । हामी निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने यहाँ बसेर हामीले छलफल गरेको काम लाग्दैन । औचित्य हुँदैन ।"
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro