site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
भक्तराजको निधनसँगै नेपाली गीतसंगीतमा एउटा अध्याय समाप्त : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीतसंगीतमा एउटा अध्याय समाप्त भएको बताएका छन् । सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका निम्ति नाट्य प्रतिष्ठानमा राखिएसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका थापाले यस्तो बताएका हुन् ।

सांगीतिक क्षेत्रमा अग्रपंक्तिमा नाम लिइने आचार्यको निधनसँगै देशलाई ठूलो क्षति पुगेको उनले उल्लेख गरे । थापाले आचार्यको भौतिक शरीर नरहे पनि उनका सिर्जना कालजयी रहने बताए ।

“भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्रपंक्तिमा नाम आउने उहाँकै थियो,” उनले भने ।

भक्तराजले आफ्न दुई पुत्रलाई पनि सांगीतिक क्षेत्रमै लगाएको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro