site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तापक्षकै सांसदको आक्रोश– कति कराउने ? सरकार सुन्दै सुन्दैन 
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दलकै सांसदहरूले सरकारको अनुभूति नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले आफ्नै पार्टी सत्तामा भए पनि सरकार भएको अनुभूति नभएको गुनासो गरे । जति बोल्दा, भन्दा पनि सरकारले सुन्दै नसुनेको उनले बताए ।

“जताततै निराशा छ । बोलौँ, के बोलौँ ? नबोलौँ, के नबोलौँ ? जहाजै डुब्न लागिसक्यो । बोल्दा सुन्दै सुन्दैन । कति बोल्ने ? कसैले सुन्दैन,” उनले भने ।

देश ‘सिन्डिकेट’मा चलेको भाष्य निर्माण भइरहेको र यो नभत्केसम्म यस्तै रहने उनको बुझाइ छ । “कति कराउने ? म तीनपटक निर्वाचित भएर आएको सांसद । म अनशन बसेँ, पुलमुनि । पुल बन्यो ? भनेर साथीहरू सोध्छन् । मन्त्रीलाई भन्यो, फाइल पठाएको छ भन्छ । अर्थमन्त्रीले फाइल आएन भन्छ । कहाँ कसको कुरा पत्याउने ? कर्मचारी निर्णय भएन भने बजेट दिन सक्दिनँ भन्छ,” उनले भने ।

उनले ‘यो तरिकाले कसरी चल्छ ?’ भनी प्रश्न गरे । आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याबारे जानकारी गराएका उनले ‘कसरी देश चल्छ ?’ भन्ने थप प्रश्न गरे । संविधान संशोधन गरेर भए पनि निकास दिनुपर्ने उनले धारणा राखे ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro