site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्र संस्थागत हुँदैन : पदम गिरी
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रियामा उनले सरकारले केही समयअघि टिकटकमाथि लगाएको प्रतिवन्धबारे बोल्दै कसैलाई मन नपर्दैमा सामाजिक सञ्जाल बन्द गर्ने कुराले लोकतन्त्रको संस्थागत हुन नसक्ने बताए । 

नियमन र निगरानीको बाटो हुँदाहुँदै बन्द गर्ने अवस्थामा नरहेको बताए । उनले सत्तामा हुनेलाई केही कुरा बिजायो भन्दैमा बन्द गर्ने कुराले समस्याको समाधान नहुने बताए । 

प्रमुख सचेतक गिरीले यस्ता कुराहरू अनुसन्धानका आधारमा नीति बनाइ नियमन गर्न जरुरी रहेको धारणा राखे । उनले सबै मानिसले आफूले बोलेका, लेखेका कुरामा जवाफदेही बन्न आवश्यक रहेको बताए । 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro