site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासमितिमा आएका प्रस्ताव केन्द्रीय समितिबाट परिमार्जसहित पारित गर्छौं : सभापति देउवा

गोदावरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकका प्रस्तावहरू परिमार्जनसहित पारित गर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरीमा महासमिति बैठकको समापन गर्दै सभापति देउवाले आगामी केन्द्रीय समितिबाट महासमिति बैठकमा आएका प्रस्तावहरू परिमार्जनसहित पारित गर्ने बताएका हुन् ।

"यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी प्रस्तावहरू पारित भएका छन् । आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्ने छ," उनले भने ।

देउवाले‍ वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको रूपमा कांग्रेसले सरकारलाई सुशासनका लागि निरन्तर सुझाव दिइरहेको पनि बताए ।

"कांग्रेसलाई वैचारिकरूपमा अनुशासित ऊर्जावान बनाउन यो बैठकले ऐतिहासिक महत्त्व राखेको छ," उनले भने ।

देउवाले आठ दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा कांग्रेसले देशको राजनीतिमा भूमिका खेलिरहेको स्मरण गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro