site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै छ : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै भएको बताएका छन् । उनले महासमिति बैठकपछि सबैजना उत्साहसहित जिल्ला फर्किन लागेको बताउँदै बैठकले नेताहरूबीच पनि एकता कायम गरेको बताए । 

“हामी उत्साह लिएर हामी जिल्ला फर्किदैछौँ । हामीबीच एकता भएको छ । अलिअलि भएको मतभेद पनि हटेको छ,” उनले भने, “संगठन परिचालन गरेर आउने चुनावबाट धेरै मत र धेरै हाम्रा साथी निर्वाचित गराउन लागौँ । यो बैठकले धेरै विषयमा मन्थन गरेको छ । कांग्रेसले धेरै चुनौतीको सामना गरेको छ ।”
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro