site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको एक तारा धर्म हो, धर्म निरपेक्ष देश हुन सक्दैन : शशांक कोइराला 

गोदावरी । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले धर्म निरपेक्ष देश हुन नसक्ने बताएका छन् । बिहीबार महासमिति बैठकको समापन सत्रमा उनले धर्म स्वतन्त्र हुने भन्दै निरपेक्ष बनाउनु दु:खद भएको बताए ।

“धर्म न सापेक्ष हुन्छ न त निरपेक्ष हुन्छ । यो स्वतन्त्र हुन्छ । तर, हामीले धर्म निरपेक्ष बनायौँ, यो दुर्भाग्य हो,” उनले भने ।

कोइराललो कांग्रेसको चार तारामध्ये एक तारा धर्म भएको जिकिर गरे ।

उनले चुनावअघि गठबन्धन कुनै पनि हालतमा उपयुक्त नहुने पनि बताए । तर, चुनावपछि सरकार बनाउँदा गठबन्धन गर्न सकिने उनको भनाइ छ ।

कोइरालाले ३६४ दिन कांग्रेस बनेर हिँड्ने तर मत हाल्ने दिन अर्को चिह्नमा मत खसाल्ने कांग्रेस नचाहिने पनि बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro