site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनी सभापतिले भने– चुनाव हारेकालाई स्वतः दोस्रो वरीयतामा राख्ने सुझाव आएको छ 

ललितपुर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बरसिंह पुनले महासमिति सदस्यहरूले पार्टीको आन्तरिक चुनावमा पराजित व्यक्तिलाई सभापतिपछिको दोस्रो वरीयतामा राख्न सुझाव दिएको बताएका छन् ।

महासमिति सदस्यहरूले दिएको सुझाव सुनाउँदै उनले पार्टीमा एकता कायम राख्न सभापतिको चुनाव पराजित व्यक्तिलाई दोस्रो वरीयतामा राख्न जरुरी रहेको बताएका हुन् ।

“मर्यादाक्रम पनि मिलाउन भनिएको छ । तहगत सभापतिलाई केन्द्रीय पदाधिकारी सरह बनाउन भनिएको छ । प्रतिस्पर्धीलाई दोस्रो वरीयतामा राख्न साथीहरूको आवाज आएको छ । यसले सबैसँग एकता कायम हुने विश्वास छ” उनले भने । साथै उनले पार्टीको सुशासन र संगठनमा महासमिति बैठक कोशेढुंगा हुने विश्वास रहेको पनि बताए । 

“उपसभापति र महामन्त्रीको प्रस्तावमा केही टिप्पणी छ । गठबन्धनको नाममा हामीले धेरै क्षति बेहोरेका छौँ । कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरौँ भन्ने साथीहरूको राय आएको छ । पार्टीका आन्तरिक सुशासनको विषयमा धेरै कुरा उठेको छ,” उनले भने । केन्द्रीय सभापतिदेखि सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गरी तलबाटै चुनाव लड्ने व्यवस्था मिलाउन सुझाव आएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro