site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस महासमिति बैठक समापन समारोहमा क–कसले बोल्दै छन् ?

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठक समापन समारोहमा पदाधिकारी, पूर्वपदाधिकारी, प्रदेश सभापति तथा मुख्यमन्त्री सबैले बोल्ने भएका छन् । उनीहरू सबैलाई दुई मिनेटको समय निर्धारण गरिएको छ ।

बिहीबार ललितपुरको गोदावरी भिलेज रिसोर्टमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट यस्तो निर्णय गरिएको हो । महासमिति बैठक सम्पन्न गर्ने प्राविधिक विषयमा निर्णय गरिएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

“प्राविधिक विषय भनेको समापन समारोहमा बोल्न दिने विषय हो । सबैलाई दुई मिनेटको समय निर्धारण गरेर बोल्न दिने निर्णय भयो,” उनले भने ।

गएको सोमबारदेखि सुरु महासमिति बैठक आज सकाउने तयारी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro