site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
०५२ सालको माओवादीको झल्को दिँदै राप्रपा : जनप्रदर्शनसहित ४० बुँदे ज्ञापनपत्र बुझाउँदै 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन गरेको छ । प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउनुअघि राप्रपाले जनप्रदर्शन गरेको हो । 

०५२ सालमा माओवादीले ४० बुँदे मागपत्र बुझाएर थालेको आन्दोलनको परिणाम गणतन्त्रमा पुगेकै शैलीमा राप्रपाले ४० बुँदे मागपत्र बुझाउन लागेको हो । राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खारेजी, हिन्दुराज्य पुनःस्थापनासहितका राजनीतिक र जनजीविकाका विषयहरू पनि समेटिएका छन् । 

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा काठमाडौंस्थित भृकुटीमण्डबाट सुरु भएको प्रदर्शन नगर परिक्रमापछि भृकुटीमण्डपमै फर्केर आमसभा गर्ने राप्रपाको तयारी छ । नगरपरिक्रममा पछि अध्यक्षसहितका प्रमुख नेताले मागपत्र बुझाउने राप्रपाले जनाएको छ । 

प्रधनमन्त्रीलाई मागपत्र बुझाएर फर्किएपछि अध्यक्ष लिङ्देनले आमसभालाई सम्बोधन गर्ने बताइएको छ । राप्रपाले जिल्ला समितिमार्फत आजै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रदान गर्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro