site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी कांग्रेसका १४ जिल्ला सभापतिले भने– विवादित महासमिति सदस्यबारे छलफल गरौँ

काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेशका १४ जिल्ला सभापतिहरूले 'मनोमानी ढंगबाट' चयन भएका महासमिति सदस्यहरूबारे छलफल गर्नुपर्ने बताएका छन् ।

महासमिति बैठकको पूर्वसन्ध्यामा कोसीका १४ जिल्लाकै सभापतिहरूले आज एक विज्ञप्तिमार्फत ‘प्रतिनिधित्व शून्य गर्नु वाञ्छनीय नदेखिएकाले यथाशीध्र सम्बिन्धत जिल्ला सभापतिहरूसँग’ छलफल गर्न अनुरोध गरेका छन् ।

“...केही जिल्लामा नियमसंगत निर्वाचित महासमितिको सदस्यहरूको हकमा विवादित भएको भनी सभापतिहरूको र सम्बन्धित जिल्लामा खटाइएको निर्वाचन अधिकृतसमेतको राय नलिइकन मनोमानी ढंगबाट केन्द्रीय निर्वाचन समिति र नेपाली कांग्रेस केन्द्रीय कार्य समितिबाट सम्बन्धित जिल्लाको महासमिति सदस्यहरूको प्रतिनिधित्व शून्य गर्नु वाञ्छनीय नदेखिएकाले यथाशीघ्र सम्बन्धित जिल्लाका सभापतिहरूलाई समन्वय गरी प्रतिनिधित्व गर्ने व्यवस्थाका लागि अनुरोधसहित ध्यानाकर्षण गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ ।

जिल्ला सभापतिहरूले कोसी प्रदेशको नाममा देखिएको विवादलाई बैठकको मुख्य एजेन्डा बनाउन पनि आग्रह गरेका छन् ।

कांग्रेसको महासमिति बैठक भोलिबाट सुरु हुँदै छ ।

KoshiNC-1708264519.png
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro