site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'भारतलाई सोझै लगानी गर्न दिने सहमति गर्दा संसद् छल्न हुन्न भन्ने लागेन ?'

काठमाडौं । प्रतिनिधिसभाका सांसद गीता बस्नेतले भारतीय दूतावासलाई २० करोडसम्मको आयोजनामा सोझै लगानी गर्न दिने सहमति गर्दा संसद् र राजनीतिक दलहरूलाई छल्न हुन्न भन्ने लागेन ? भन्दै प्रश्न गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकको प्रश्नोत्तरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यस्तो प्रश्न सोधेकी हुन् । 

“भारतीय राजदूतावासलाई २० करोडसम्मको आयोजनामा सोझै लगानी गर्न सहमति दिने निर्णय गर्दा यो राष्ट्रको दीर्घकालीन हितसँग सम्बन्धित विषय हो संसद् र राजनीतिक दलहरूलाई छल्न हुन्न भन्ने लागेन ? अब अरु देशले पनि त्यही सुविधा लिन खोजे के हुन्छ प्रधानमन्त्रीज्यू,” उनले प्रश्न गरिन् । 

जवाफमा प्रधानमन्त्रीले भारतीय दूतावासले सोझै लगानी गर्ने निर्णय र सहमति नभएको दाबी गरे ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro