site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदले नयाँ प्रश्न थपेपछि... 

काठमाडौं । प्रतिनिधिसभाका सांसद किरणकुमार साहले पूर्वनिर्धारित प्रश्नबाहेक नयाँ प्रश्न थपेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधि र प्रक्रियाबारे नै प्रश्न उठाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा जारी प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा साहले निर्धारित प्रश्नबाहेक हिजो मात्रै जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको विषयमा प्रश्न थपेका थिए । उनले हिन्दु राष्ट्रका विषयमा प्रश्न गरेका थिए । 

“एकदम अति नै आवश्यक भएका कारणले अलिक प्रश्न थपे । मेरो क्षेत्रलगायत हिन्दु अल्पसंख्यक रहेको ठाउँहरूमा प्रत्येक चाडपर्वमा अतिवादीहरूद्वारा हिंसक आक्रमण भइरहेको र राज्यले के गर्दैछ ?,” उनले सोधे, “के धर्म निरपेक्षता हिन्दुहरूको समुल विनाशका लागि ल्याएको हो ? हिजैदेखि मेरो क्षेत्रमा कर्फ्यु लागु भइसकेको छ, मुर्ति सेलाउने विषयमा ।” 

त्यसपछि उनले निर्धारित प्रश्न सोधेका थिए । प्रधानमन्त्री प्रचण्डले जवाफ दिने क्रममा विधि र प्रक्रियामाथि प्रश्न उठाउँदै आफूले त्यो विषयलाई गम्भीररूपमा लिएको बताए ।

“मान्य किरणकुमार साहले अहिले नै नयाँ प्रश्न थप्नुभयो । सबैले यही आएर प्रश्नमा प्रश्न थप्ने हो भने हाम्रो विधि प्रक्रिया प्रश्नोत्तर कार्यक्रमकै अवस्था के हुन्छ भन्ने मलाई थोरै जिज्ञासा रहेको छ,” प्रधानमन्त्रीले भने, “तैपनि तपाईंले हिन्दुराष्ट्रको बारेमा जे कुरा राख्नुभएको छ । मेरो ध्यानकर्षण भएको छ । त्यसलाई गम्भीररूपमा लिइन्छ नै ।” त्यसपछि उनले निर्धारित प्रश्नको जवाफ दिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro