site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालकुमारी घटनामा मन्त्री ज्वाला र श्रेष्ठको एमालेद्वारा बर्खास्तीको माग 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेको छ । 

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी ज्वाला र श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग गरे । सरकार आफैँले बनाएको अयोगले भौतिकमन्त्री ज्वाला दोषी भनेपछि किन निलम्बन नगरको भनदै प्रश्न गरे । 

“प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने सूचना पाएनौँ । सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन,” उनले भने । 

यस्तै, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका पूर्वसञ्चारमन्त्री तथा वर्तमान स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पनि अनुसन्धानमा सहयोग गर्न बर्खास्त गर्न माग गरे । यस्तै, रामग्राम क्षेत्रमा निजी क्षेत्रलाई दिने प्रपन्चमा लागेका पर्यटनमन्त्री सुदन किरातीलाई पनि राजीनामा गर्न माग गरेको छन् । 

“राम ग्राम क्षेत्रमा घरबेटीको छोरालाई खुसी बनाउन ९९ रोपनी जग्गा दिने कोषका अध्यक्ष पर्यटनमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ,” उनले भने ।
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro