site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दललाई आयोगको निर्देशन– निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू

निर्वाचन आयोगद्वारा १५ बुँदे निर्देशन जारी, दलका केन्द्रीय पदाधिकारीले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने 

काठमाडौं । निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरूलाई सम्बोधन गर्दै १५ बुँदे निर्देशन जारी गरेको छ । आयोगको बिहीबार बसेको बैठकले उक्त निर्णय गर्दै निर्देशन जारी गरेको हो । 

“राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष पेस गर्ने र दलले त्यसको अभिलेख राखी सम्पत्ति विवरण पेस गर्ने,” आयोगले दलहरूलाई निर्देशन दिएको छ । 

सम्पत्ति विवरण पेस नगर्ने पदाधिकारी र सदस्यको नाम त्यसरी सम्पत्ति विवरण पेस गर्नुपर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गरी सोको जानकारी आयोगमा पठाउन पनि निर्देशनमा भनिएको छ । 

यस्तै, दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी पनि ३० दिनभित्र आयोगलाई दिनुपर्ने निर्देशनमा उल्लेख छ । 

आयोगले दलहरूलाई आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी तोकिएको ढाँचामा लेखा राख्न निर्देशन दिएको छ । लेखा राख्ने प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउर्ने समेत आयोगले जनाएको छ । 

साथै दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी बैंकमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ । 

“आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गरी सोही मितिले एक महिनाभित्र सार्वजनिक गर्ने र सोको जानकारी आयोगमा पठाउने,” निर्देशनमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro