site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अन्तरिक्षमा रूसको आणविक बम : अमेरिकामा ‘राष्ट्रिय सुरक्षा खतरा’को चिन्ता

काठमाडौं । रूसले अन्तरिक्षमा ‘एन्टी स्याटेलाइट आणविक बम’ तैनाथ गर्ने भन्ने विषयलाई लिएर अमेरिकामा चिन्ता बढेको छ ।

अमेरिकाको हाउस इन्टेलिजेन्स कमिटीका प्रमुख माइक टर्नरले यो ‘गम्भीर राष्ट्रिय सुरक्षा खतरा’को विषय भएको बताएका छन् । उनले राष्ट्रपति जो बाइडेन प्रशासनलाई यसबारे जानकारी खुलाउन आह्वान गरेका छन् ।

टर्नरको टिप्पणीपछि अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले यस विषयमा छलफल भइरहेको बताएका छन् ।

विशेष जानकारीबारे छलफल गर्ने आठ सांसदको समूहबीच बिहीबार बैठक हुने सुलिभानले बताएका थिए ।

एबीसी न्युज र न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै टर्नरको टिप्पणी अन्तरिक्षमा भूउपग्रह (स्याटेलाइट)विरुद्धको आणविक हतियार तैनाथ गर्ने रूसको योजनासँगको जोडिएको उल्लेख गरेको छ ।

न्युयोर्क टाइम्सले युरोपेली सहयोगीहरूलाई समेत यस विषयमा जानकारी गराइएको उल्लेख गरेको छ । रूसको यो हतियार हाल विकासकै क्रममा रहेका कारण तत्काल ठूलो खतरा भने नरहेको जनाइएको छ ।

फेडरेशन अफ अमेरिकन साइन्टिस्टका आणविक सूचना परियोजनाका निर्देशक ह्यान्स क्रिस्टेनसेनले रूसले अन्य स्याटेलाइटलाई तोडफोड गर्नका लागि स्याटेलाइट परिक्षण  गरिरहेको हुनसक्ने बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro