site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी मन्त्रिपरिषद्को बैठक पञ्चकोटमा
फाइल तस्बिर ।

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ ।

सोमबार (भोलि) मुख्यमन्त्रीसहित प्रदेशका सबै मन्त्रीहरू धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटमा जाने र मन्त्रिपरिषद्को बैठक बस्नेछ । पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बसेर सरकारले पर्यटन प्रवर्द्धनको सन्देश दिन खोजेको बताइएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, पर्यटकीयस्थलहरूको प्रवर्द्धनका निम्ति विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक राख्ने योजनाअनुसार सोमबार पञ्चकोट जान लागेको बताए ।

पञ्चकोटमा आउँदो फागुन ९ देखि २३ गतेसम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि हुँदै छ । त्यसकै पूर्वसन्ध्यामा प्रदेश मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro