site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
जेफ बेजोसले बेचे अमेजनको दुई अर्ब डलरको सेयर

काठमाडौं । इकमर्स कम्पनी अमेजनका संस्थापकले कम्पनीमा रहेको आफ्नो एक करोड २० लाख सेयर बिक्री गरेका छन् ।

रोयटर्सका अनुसार उनले दुई अर्ब अमेरिकी डलर बराबरको उक्त सेयर बेचेका हुन् । उनले बुधबार र बिहीबार गरी यो सेयर बेचेका हुन् ।

अमेजनले गत हप्ता नै बजोसले पाँच करोड सेयर बेच्ने योजना बनाएको जनाएको थियो ।

निश्चित सर्तमा आधारित यो बिक्री योजनाअनुसार बेजोसले २०२३ को नोभेम्बर ८ मा सुरु भएर २०२५ को जनवरी ३१ सम्म सेयर बिक्री गरिसक्नु पर्नेछ ।

विश्वकै दोस्रो धनाढ्यका रूपमा रहेका बेजोसले पुस्तक बिक्री गर्ने उद्देश्यका साथ सन् १९९४ मा अमेजनको स्थापना गरेका थिए । सन् २०२१ मा उनले कम्पनीको सीईओ पद त्यागी अध्यक्ष बनेका थिए ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro