site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कामका आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामका आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा उनले अधिकांश स्थानीय, प्रदेश र केन्द्र सरकारमा कांग्रेस सहभागी भएकाले काम गरेर देखाउनुपर्नेमा जोड दिए ।

आउँदो निर्वाचनका निम्ति अहिले नै कांग्रेसले काम गरेर देखाउनुपर्ने उनले बताए । अर्कोपटक निर्वाचन जित्नका लागि अहिल्यै आधार तयार गर्नुपर्ने उनले उल्लेख गरे ।

आउँदो निर्वाचनमा कांग्रेसले घोषणापत्र नभई पाँच वर्षमा गरेका कामको नतिजा लिएर जानुपर्ने उनले बताए ।

संघीयता कार्यान्वयन गर्न आवश्यक कानुन नबनाएर कार्यविधि मात्र बनाइएकाले काम गर्न अप्ठ्यारो देखिएको उनको भनाइ छ ।

योपटक नयाँ ढंगले बजेट तयार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिइएको उनले बताए । हिमालयन टेली भ्वाइस
 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro