site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थायी कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : परिस्थिति जटिल र पेचिलो बन्दैछ 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थिति जटिल रहेको ब्रिफिङ गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा अहिलेको मुख्य कार्यभार शान्तिप्रक्रियालाई टुंग्याउनु रहेको बताएका छन् । 

“वर्तमान परिस्थिति तरलजस्तो भएको छ । जटिल र पेचिलो बन्दैछ । तर, हाम्रो अहिलेको मुख्य कार्यभार शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्छ भनेर घनीभूत छलफल भइरहेको छ,” प्रधानमन्त्रीको ब्रिफिङबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले सुनाए । 

प्रचण्डले टीआरसी विधेयकबारे सत्तारुढ र प्रतिपक्षी दलसँग पटक–पटक छलफल भएको बताएका छन् । संसद्को यही अधिवेशनबाट पारित गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

“सहमतिमा नै यो अधिवेशनमा हर हालतमा टीआरसी विधेयक पास गर्नुपर्छ भन्नेमा जोड दिनुभयो,” सापकोटाले भने । बैठकमा उनले विधान, केन्द्रीय समिति बैठक, विधान सम्मेलनका विषयमा संक्षिप्त ब्रिफिङ गरेका थिए । 

बैठकमा विधानबारे छलफल सुरु भएको छ । विधानमस्यौदा समितिको सुझावसहितका विषयमा छलफल भएको हो । छलफलमा कमिटीहरू भद्दा भएकाले चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव आएको उनले बताए । 

केन्द्रीय समिति १५१ बनाउनुपर्ने प्रस्ताव उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले दिएको थियो । स्थायी कमिटी बैठक शनिबार पनि बस्नेछ । यही माघ २८ र २९ गते केन्द्रीय कमिटी बैठक र फागुन १–३ विधान सम्मेलन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro